२०८० फागुन ११, शुक्रवार , ०७:३०:४० बजे

Sajhamanch
'

स्वर्ण महोत्सवको पूर्व सन्ध्यामा दूधे मा.वि.मा दीप प्रज्वलन

बिहिवार, माघ १६, २०७६

शिवसताक्षी । श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय दूधेमा विहीबार साँझ दीप प्रज्वलन गरिएको छ । विद्यालयले स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा दीप प्रज्वलन गरिएको हो ।

शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं. ११ वडाध्यक्ष भैरवकुमार श्रेष्ठले दीप प्रज्वलनको सुरुवात गरेका थिए ।

विद्यालय स्थापना भएको ५० वर्ष पुरा गरेको उपलक्ष्यमा भोली शुक्रबार स्वर्ण महोत्सव उद्घाटनको तयारी गरेको छ । स्वर्ण महोत्सव उद्घाटन पछि विद्यालयले एक वर्ष भरीमा स्वर्ण महोत्सव स्तम्भ निर्माण, सरस्वतीको मन्दिर, विद्यार्थीहरुलाई शुद्ध खानेपानीको व्यवस्था मिलाइने विद्यालयका प्र.अ. कालीप्रसाद रिजालले जानकारी दिए । स्वर्ण महोत्सव स्तम्भ भूतपूर्व विद्यार्थी मञ्चले निर्माण गर्ने विद्यालयले जनाएको छ । त्यस्तै खानेपानीको व्यवस्था, सरस्वतीको मन्दिर निर्माणका लागि दाताहरुले उद्घाटन कार्यक्रममा घोषणा गर्ने बताइएको छ ।

यसैबीच शिक्षक शिव आङ्वाले स्वर्ण महोत्सव स्तम्भको नमुना बनाएर प्रस्तत गरेका थिए । उनले कार्टुनबाट निर्मित कलात्मक ढंगले बनाइएको नमुना स्तम्भ प्रस्तुत गरेका हुन् । माननीय सांसद लालप्रसाद साँवा लिम्बुको हातबाट स्वर्ण महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ । दीप प्रज्वलन कार्यक्रममा भू.पू. विद्यार्थी मञ्चका अध्यक्ष असोक बस्नेत, शिक्षकहरु यादवप्रसाद घिमिरे, गोविन्द काफ्ले, टंक तुम्बापो, कर्मचारी छविलाल दवाडी लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर