२०८० फागुन २२, मङ्गलवार , ०७:५२:४४ बजे

Sajhamanch
'

जिम सेन्टरमा दम्पतीको मृत्यु

बिहिवार, माघ १६, २०७६

ललितपुर । ललितपुरको एउटा फिटनेश सेन्टरमा बुधबार राति एक दम्पतीको मृत्यु भएको छ ।

तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक फिटनेसको बाथरुममा नुहाउन गएका दम्पत्तीको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बुधबार राति करिब ९ बजेको समयमा उक्त हेल्थ क्लवको ‘साउना बाथ’ का क्रममा ४२ वर्षीय हस्त गर्बुजा मगर र उनकी पत्नी ३९ वर्षीय नेत्रकुमारीको मृत्यु भएको हो ।

मृतक हस्त गर्बुजा पूर्वमन्त्री थममाया थापाको स्वकीय सचिव थिए । पूर्वमन्त्री थापाले मृतक गर्बुजा आफ्नो स्वकीय सचिव रहेको बताइन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले दिएको जानकारी अनुसार नुहाउन गएका दम्पती बेहोस भएको जानकारी पाउना साथ घटनास्थल पुगेको प्रहरी टोलीले दुवैजनालाई तत्कालै अस्पताल लगेको थियो । चिकित्सकले दुवै जनाको मृत्यु भएको पुष्टि गरेपछि शव परीक्षण लगायत आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

फरेन्सिक एक्सपर्टलाई घटनास्थलसमेत देखाइएको र आवश्यक अनुसन्धानमा प्रहरी जुटेको प्रहरी वरिष्ठ उपरीक्षक राईको भनाइ छ ।

रातोपाटी

सम्बन्धित खबर