२०८० फागुन २०, आइतवार , ०७:४८:३४ बजे

Sajhamanch
'

कोरोना भाइरस रोक्न रसुवागढी र तातोपानी नाका बन्द

बुधवार, माघ १५, २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि चीनबाट रसुवागढी र तातोपानी नाका हुँदै नेपाल आउन चाहाने पर्यटकको आवागमन १५ दिनलाई बन्द गरिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भएकाले सो मार्गबाट पर्यटकको आवागमन रोकिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अहिले बाटो पनि अफ्ठ्यारो भएकाले दुवै देशको सहमतिमा १५ दिनलाई आवातजावत बन्द गरिएको जानकारी दिएका हुन् ।

चीनमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म एक सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ५ हजारभन्दा बढी मानिसहरुमा भाइरस स‌ंक्रमण भएको समाचारहरु आएका छन् ।

कोरोना भाइरस मानिसबाट मानिसमा सजिलै सर्ने भएका कारण चीनबाट नेपाल आउने पर्यटकको आवागमन बन्द गरिएको हो ।

सम्बन्धित खबर