२०८० फागुन ११, शुक्रवार , ११:४०:४७ बजे

Sajhamanch
'

सापकोटाविरुद्धको विवरण ३० दिनभित्र पठाउन आदेश

बुधवार, माघ १५, २०७६

काठमाडौं । हत्या गरेको आरोप लागेका प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको अनुसन्धान प्रक्रियाको विवरण ३० दिनभित्र पठाउन मङ्गलबार सर्वोच्च आदालतले गृह मन्त्रालयलगायतका निकायलाई आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आदेश भएको मितिले ३० दिनभित्र प्रगति विवरण पठाउन आदेश दिएको हो ।

व्यक्ति हत्याजस्तो गम्भीर आरोप लागेका व्यक्तिलाई व्यवस्थापिका संसद्को शीर्ष नेतृत्वमा पदासीन गराउने गैरसंवैधानिक, गैरकानुनी र अन्तर्राष्ट्रिय मूल्य–मान्यता विपरीत भएको उल्लेख गर्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

नेपाल समाचारपत्रबाट ।

सम्बन्धित खबर