श्री सतासी बहुमुखी सहकारी संस्थाको कर्मचारी आवश्यकता सम्बन्धी सूचना

2 months अगाडी

 

प्रकाशन मिति २०७५/७/२५ गते

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

यस श्री सतासी बहुमुखी सहकारी संस्थाको २०७५/०७/२५ गते बसेको मानव संशाधन उपसमितिको बैठकको निर्णय बमोजिम तपशिल अनुसारका योग्यता पुगेका कर्मचारीहरुको आवश्यकता भएकाले अनुभवी तथा इच्छुक नेपाली नागरिकबाट मिति २०७५/०८/०२ गते भित्र बायोडाटा र हस्तलिखित निवेदनका साथ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो थान २, आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपी तथा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, तालिम लिएको भए प्रमाणपत्रको प्रतिलिपीहरु तथा सम्पर्क ठेगाना र फोन नम्बर स्पष्ट हुने गरी दरखास्त दिनुहुन आव्हान गरिन्छ ।

पद तेस्रो (कार्यालय सहायक) दोस्रो (बजार प्रतिनिधि)
संख्या ३ जना १ जना
लिङ्ग क. कार्यालय सहायकको हकमा (बिर्तामोडको लागि पुरुष – २ जना र हल्दिबारीको लागि (महिला वा पुरुष) – १ जना     ख. बजार प्रतिनिधिको हकमा – पुरुष १
उमेर उल्लेखित दवै तहको लागि १८ वर्षदेखि ३५ वर्ष ननाघेका
न्यूनतम शैक्षिक योग्यता क. कार्यालय सहायकको हकमा – कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको 

ख. बजार प्रतिनिधिको हकमा – कक्षा १० वा सो सरह उत्तीर्ण गरेको

जमानत जग्गा धनिपूर्जाको प्रतिलिपि
कार्यक्षेत्र क. कार्यालय सहायकको हकमा – बिर्तामोड कार्यालयमा २ जना, हल्दिबारीको कार्यालयमा १ जना 

ख. बजार प्रतिनिधिको हकमा – साविक जलथल गाविस हुँदै हल्दिबारी स्कूल चौकसम्म, (स्थानीयलाई विशेष ग्राह्यता दिइनेछ)

परीक्षाको किसिम लिखित र अन्तरवार्ता

१. तलब/सुविधा– संस्थाको नियमानुसार
२. शैक्षिक प्रमाणपत्रहरु र अभिभावकको नागरिकताको प्रतिलिपिसहित उपस्थित हुनुपर्नेछ ।
३. मोटरसाइकल चलाउन सक्ने हुनुपर्नेछ ।
४. सफल उम्मेदवारले नेपाल सरकारबाट स्वीकृतिप्राप्त चिकित्सकबाट प्रमाणित गरिएको निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
५. निवेदन दस्तुर २०० रुपैयाँ (पछि फिर्ता नहुने)
६. अन्तरवार्ता र लिखित परीक्षा मिति २०७५/०८/०३ गते दिनको ११ बजे, नतिजा प्रकाशन २०७५/०८/०४ गते दिनको १२ बजे पछि ।

 

दरखास्त दिने ठेगानाः
श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड
बिर्तामोड –५ कृषिथोक चौक, झापा
फोन नं. ०२३–५४३७२३

– मानव संशाधन उप–समिति

          November 12, 2018 1:07 pm | विज्ञापन,सहकारी
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...