२०८१ वैशाख १२, बुधवार , ०२:३६:३० बजे

Sajhamanch
'

बिर्तामोड ७ मा शहरी स्वास्थ केन्द्र उद्घाटन

बुधवार, चैत ५, २०७६

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ७ मा शहरी स्वास्थ केन्द्र सञ्चालनमा ल्याइएको छ । वडाबासीलाई सर्वसुलभ उपचारमा सघाउ पुर्याउन निर्माण गरिएको स्वास्थ केन्द्रको प्रदेश सांसद एकराज कार्की र नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

बिर्तामोड नगरपालिकाको तीन लाख र वडा कार्यालयको दुई लाख रुपैयाँ गरी पाँच लाख रुपैयाँको लागतमा शहरी स्वास्थ केन्द्र संचालनमा ल्याइएको हो । केन्द्रमा प्राथमिक उपचार गर्न सहज हुने बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद कार्कीले विश्व नै कोभिड १९ को जोखिममा स्वास्थ प्रति चिन्तन भएको बेला स्थानीय सरकार सजक हुनुपर्ने सुझाव दिए । उनले स्वास्थ, शिक्षा लगाएतका कार्यमा सबै एकजुट हुन आग्रह पनि गरे।

शहरी स्वास्थ केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले आगामी दिनमा थप सेवा सुविधा थप गर्ने बताए । नगर उपप्रमुख पवित्रा महतरा प्रसाईंले जनताको स्वास्थ्यमा नगरपालिका गम्भीर भएको र सबै वडामा थप सुविधासहित स्वास्थ केन्द्रलाई ब्यवस्थित बनाउने बताइन् ।

कार्यवाहक वडाध्यक्ष चन्द्रकला पकुवालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा होमनाथ आचार्य, राजन निरौला लगायतले मन्तब्य राखेका थिए । सो कार्यक्रममा जग्गादाता सोमनाथ घिमिरे र मीनकुमार ओलीलाई सम्मानसमेत गरिएको थियो ।

सम्बन्धित खबर