२०८१ वैशाख ११, मङ्गलवार , ०२:०५:५२ बजे

Sajhamanch
'

नेपाली श्रमिकलाई खान बस्न समेत नदिन साउदीको कम्पनी कालो सूचीमा

शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौँ । वैदेशिक रोजगार विभागले साउदी अरेबियाको एक कम्पनीलाई कालो सूचीमा राखेको छ । नेपाली श्रमिकलाई २ महिनासम्म तलब नदिएको र अन्य सेवा सुविधा समेत नदिएको भन्दै साउदीको अब्दुल्लाह बिन ईस्सा बिन हमाद अल विइदन जेनेरल अन्ट्र्याक्टिङ नामक कम्पनीलाई कालो सूचीमा राखेको हो ।

त्यस्तै नेपाली कामदार पठाउने दैलेख ओभरसिजलाई अर्को व्यवस्था नभएसम्मको लागि निलम्बन गरिएको विभागले जनाएको छ । विभागका निर्देशक लोकनाथ भुसालले विभागका महानिर्देशक मदन दाहाल तथा नेपाली राजदूतावासको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

स्थलगत अनुगमनको क्रममा कामदारहरूलाई काम नदिई एउटै कोठामा २०२५ जनालाई राखेको, खान बस्न तथा तलब सुविधा नदिएको, केही कामदार बिरामी परेको देखिएको थियो । अनुगमनपछि कम्पनीका संचालकलाई अबिलम्ब समस्या समाधान गर्न निर्देशन समेत दिइएको र समस्या समाधान नहुँदासम्मको लागि निलम्बन तथा कालो सूचीमा राखिएको निर्देशक भुसालले बताए ।

विभागका महानिर्देशक दाहालसहितको टोली केही समय अगाडि साउदी लगायतका देशको भ्रमणमा गएको थियो । साउदीमा रहेका नेपालीका समस्या धेरै आउन थालेको भन्दै विभागको टोली स्थलगत अनुगमनका लागि गएको थियो । सोही क्रममा दूतावासका पीडित श्रमिकहरूले दिएको उजुरीको आधारमा महानिर्देशक दाहालसहितको टोली अनुगमनको लागि गएको थियो ।

शुक्रवार, कार्तिक २४, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर