झापाको एक विद्यालय र तीन उद्योगविरुद्ध अदालतमा मुद्दा दायर
झापा । खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाले जिल्लामा सञ्चालित तीनवटा उद्योग र एउटा विद्यालयको चमेनागृह विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृह विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले…