विर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा एमाले उम्मेदवार विजयी

विर्तामोड । झापाको विर्तामोड नगरपालिकामा प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा पवित्रा महतरा प्रसाईं र उपप्रमुखमा नगेन्द्र संग्रौला विजयी भएका हुन् । मतगणना परिणाम अनुसार प्रसाईं १६५२० मत सहित विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार भोजराज सिटौलाले १२७६२ मत पाए।…