माओवादीले साथ छाडेपछि हिक्मत सरकार अप्ठ्यारोमा !
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा परेका छन् । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेका हुन् । एमाले संसदीय दलका नेता कार्की पाँच महिना अघि पुस २४ गते माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । आज जेठ २३…