२०८३ कार्तिक २७ शुक्रवार , ०८:५५:१६ बजे

Sajhamanch
'

बिर्तामोडमा रिक्साभ्यानको टायर पड्केर एकजना घाइते

बुधवार, कार्तिक १८, २०८३

बिर्तामोड । रिक्साभ्यानको टायरमा हावा भर्ने क्रममा पड्केर झापाको बिर्तामोडमा हिजो एकजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीले दिएको जानकारी अनुसार हिजो दिउँसो ४ बजे बिर्तामोड–१ अतिथि सदन छेउमा रहेको ओम साई ग्यारेजमा काम गर्ने कामदार सोही ठाउँ बस्ने वर्ष १९ का विवेक खड्काले रिक्सा भ्यानको चक्कामा हावा भर्ने क्रममा अचानक टायर पड्केर उनको अनुहारमा चोट लागेको हो ।

घाइतेलाई उपचारको लगि बिर्तासिटी अस्पताल लगिएको छ । उनको उपचारमा सोही ग्यारेजका संचालक श्याम अग्रवाल संलग्न रहेका छन् ।