
बिर्तामोड । नेपाल विद्युत प्राधिकरणको मर्मत कार्य सञ्चालन गर्नु परेकाले कोशी प्रदेशका चार जिल्लाहरु झापा, इलाम, पाँचथर र ताप्लेजुङमा हिजो शनिबारजस्तै आज आइतबार आठ घण्टासम्म केन्द्रीय प्रसारण लाइन अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार दुहबी ग्रिड महाशाखा अन्तर्गत दुहबी–दमक १३२ केभी प्रसारण लाइनको केरोनस्थित टावर नं. ६८ तथा ६९ बिचको डेट इन टावरदखि डेड आफ ग्यारेन्टीसम्म लुप इन र लुप आउट लगायतका कार्य गर्नुभएको विद्युत सेवा अवरुद्ध भएको हो ।
प्राधिकरणले सूचना जारी गरेर शनिबार र आइतबार दुई दिन कोशी प्रदेशका चार जिल्लामा विद्युत सेवा अवरुद्ध हुने जनाएको थियो । सार्वजनिक बिदाका समयमा सरकारी कार्यालयहरूमा प्रभाव नपर्ने गरि समय निर्धारण गरि मर्मतका लागि केन्द्रले विद्युत अवरुद्ध गरेको जनाएको छ ।
सूचनामा उल्लेख भएअनुसारको समयमानै कार्य सम्पन्न गरि विद्युत प्रवाह गर्ने योजना सहित मर्मतको कार्य तिव्र गतिमा जारी राखिएको प्राधिकरणले जनाएको छ ।

