
भद्रपुर । भद्रपुर १० शत्रबिघेस्थित दे छ्योलिङ्ग गुम्बाको १८औं वार्षिक साधारण सभा चन्द्रगढीमा सम्पन्न गरिएको छ ।
गुम्बा व्यवस्थापन समितिका अध्यक्ष राकेश तामाङको अध्यक्षता तथा नेपाल तामाङ घेदुङ संघ कोशी प्रदेश अध्यक्ष जगतबहादुर तामाङको प्रमुख आतिथ्यमा गुम्बा परिसरमा सभा सम्पन्न गरिएको हो ।
गुम्बा सञ्चालन सम्बन्धि वार्षिक गतिविधि तथा कार्ययोजना प्रस्तुत गर्दै अध्यक्ष तामाङले कामको विवरण पेश गरेका थिए ।
कार्यक्रममा गुम्बा व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष बसन्त तामाङ, आदिवासी जनजाति महासंघ भद्रपुरका अध्यक्ष शमशेर तामाङ, गुम्बाका लामा गुरू बुद्ध डुम्जन, नेपाल तामाङ घेदुङ संघ भद्रपुर अध्यक्ष बमबहादुर तामाङ, कोशी उपाध्यक्ष रूपनारायण तामाङ, भद्रपुर १० की वडा सदस्य संगीता ढकालले मन्तव्य राखेका थिए । संस्कार, संस्कृति र सभ्यता बचाउन गुम्बाको महत्वपूर्ण योगदान रहेको उनीहरुको धारणा थियो ।
सचिव गणेश तामाङले सञ्चालन गरेको सभाले वार्षिक नीति तथा कार्यक्रमसमेत सर्वसम्मत अनुमोदन गरेको छ ।

