२०८३ कार्तिक २७ शुक्रवार , ०७:५३:४८ बजे

Sajhamanch
'

पूर्वी नेपालका दुग्ध किसानको बक्यौता ३५ करोडबाट तीन करोड मात्रमा झर्‍यो

शुक्रवार, कार्तिक १३, २०८३

विराटनगर । विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वी क्षेत्रका दुध कृषकहरूलाई तिर्नुपर्ने बक्यौता रकम बुझाएर करिब ३ करोड रुपैयाँ मात्र बाँकी रहेको जनाएको छ ।

कुनै समय करिब ३५ करोड रुपैयाँसम्म कृषकको दुधको बक्यौता रहेकामा दुध तथा दुधजन्य पदार्थको बिक्री बढ्दै गएपछि बक्यौता रकम घटेकोे विराटनगर दुग्ध वितरण आयोजनाले जनाएको छ ।

१५ १५ दिनमा दुध कृषकहरूलाई किस्ता रकम बुझाउँदै आएको विराटनगर दुग्ध वितरण आयोजनाले अहिले साउन र भाद्र महिनाको किस्ताको रकम तिर्नुपर्ने स्थिति रहेको र बाँकी रनिङ बील मात्र रहेको निमित्त आयोजना प्रमुख नविन किशोर शर्माले जानकारी दिए । उनले अहिले दुध तथा दुग्धजन्य पदार्थको विक्री ५० प्रतिशतसम्म बढेको र घिउको मौज्दात ५ मेट्रिक टन मात्र रहेको बताए ।

पूर्वका कृषकहरूबाट दैनिक करिब १० हजार ५०० लिटर दुध संकलन गरिरहेको र करिब ५ हजार लिटर बराबरको दुध र दुग्धजन्य पदार्थ बिक्री गरिरहेको विराटनगर दुग्ध वितरण आयोजनाले जनाएको छ ।

कात्तिक महिनादेखि दुध संकलन बढेर दैनिक करिब १५ हजार लिटरसम्म पुग्ने र दैनिक खपत हुने दुध तथा दुधजन्य पदार्थ बाहेकको करिब १० हजार लिटर दुधको पाउडर दुध बनाउने तयारी रहेको आयोजनाले जानकारी दिएको छ ।

सम्बन्धित खबर