२०८३ कार्तिक २८ शनिवार , ०२:४६:०७ बजे

Sajhamanch
'

दसैंका लागि अग्रिम टिकट खुल्यो

शुक्रवार, असोज २३, २०८३

काठमाडौं । काठमाडौं उपत्यका र यसको आसपासबाट दसैंमा उपत्यका बाहिर रहेको घर फर्किने यात्रुका लागि सरकारले आजदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

दसैंमा घर फर्किने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएसँगै काठमाडौंको नयाँ बसपार्कमा यात्रुको भिड बढेको छ । टिकट पाउने आसमा केही युवा गए रातिदेखि नै टिकट काउन्टरअगाडि लाइनमा बसेका छन् ।

सरकारले आजदेखि दसैंका लागि लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरेको हो । केही जिल्लामा जाने यात्रु भने टिकट लिन अघिल्लो रातिदेखि नै काउन्टरमा पुगेका छन् ।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीचको बैठकले २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार आजदेखि टिकट बुकिङ सुरु भएको हो ।

सम्बन्धित खबर