२०८३ कार्तिक २८ शनिवार , ०२:१५:५० बजे

Sajhamanch
'

कांग्रेस महाधिवेशनमा बन्दसत्र सुरु, चारवटा प्रतिवेदन माथि छलफल गरी पास गरिने

बुधवार, असोज २१, २०८३

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदनमाथि छलफल गरी पास गर्ने कार्यसूची छ ।

त्यसपछि नयाँ नेतृत्व चयनका लागि मतदानको काम बाँकी रहने छ । निर्वाचन कार्यतालिका अनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ ।

महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति एक, एक महिलासहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी चयन हुँदैछन् ।

यस्तै, सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ । त्यस अनुसार निर्वाचित हुने पदाधिकारी संख्या १९ जनाको हुनेछ ।

सम्बन्धित खबर