२०८३ कार्तिक २८ शनिवार , ०३:०६:४६ बजे

Sajhamanch
'

सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

मङ्गलवार, असोज २०, २०८३

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ।

सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरण विपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरी बल, नेपालले दाहालमाथि कारबाही गर्न मन्त्रालयमा सिफारिस गरेको थियो।

मन्त्रालयले उक्त आरोप माथि जाँचबुझ गर्न २०८३ असोज १९ गतेको निर्णय अनुसार दाहाललाई निलम्बन गरी तीन दिनभित्र जाँचबुझ सम्पन्न गरेर प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकेको जनाएको छ।

गृह मन्त्रालयले आफ्ना मातहतका कर्मचारीबाट हुने पदीय आचरण विपरीतका कार्य, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधि माथि निगरानी र विश्लेषण भइरहेको जनाएको छ।

मन्त्रालयले कानून विपरीतका गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानून बमोजिम कारबाही गर्ने जनाएको छ।

सम्बन्धित खबर