२०८३ कार्तिक १ शनिवार , ०३:२३:०१ बजे

Sajhamanch
'

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन

आइतवार, असोज १८, २०८३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन आइतबार उद्घाटन गरेका छन् ।

थापाले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गर्दै महाधिवेशनको उद्घाटन गरेका हुन् । राजधानीको खुलामञ्चमा आयोजित उद्घाटन उनले दीप प्रज्वलन गर्नुका साथै बिरुवामा जल सेचनसमेत गरे ।

महाधिवेशन उद्घाटन समारोहमा कांग्रेसका अग्रज नेताहरूको तस्बिरमा विभिन्न राजनीतिक दलका नेताहरूले समेत माल्यार्पण गरेका थिए ।

महाधिवेशनको उद्घाटन समारोहमा नेकपाका संयोजक पुष्पकमल दाहाल, एमाका महासचिव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित विभिन्न दलका नेताहरूको सहभागिता रहेको छ ।