२०८३ कार्तिक १ शनिवार , ०२:१५:२० बजे

Sajhamanch
'

अर्जुनधारामा सिम्रिक साकोसको इकाइगत साधारणसभा सम्पन्न

आइतवार, असोज १८, २०८३

अर्जुनधारा । झापाको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभाअन्तरगतको इकाइगत साधारणसभाहरु धमाधम सञ्चालन भइरहेका छन् ।

शनिबार खुदुनाबारीस्थित जनता माध्यमिक विद्यालयको सभाहलमा खुदुनाबारी, शनिश्चरे र सितली सेवा केन्द्रका शेयर सदस्यहरुलाई लक्षित गरी इकाइगत साधारणसभा सम्पन्न गरेको हो ।

संस्था सञ्चालक समितिका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा–३ नं. वडाका कार्यवाहक वडाध्यक्ष नारायणप्रसाद चापागाईंले उद्घाटन गरेका थिए ।

कार्यक्रममा संस्थाको गत आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष भट्टराईले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा सेवा केन्द्र ४४ वटा, शेयर सदस्य संख्या ७१ हजार २४६ जना, शेयर पूँजी ३७ करोड ३९ लाख चार हजार ५०० रुपैयाँ, बचतमा रहेको रकम दुई अर्ब ५६ करोड ९० लाख ७० हजार ८०४ रुपैयाँ २५ पैसा, लगानीमा रहेको रकम दुई अर्ब ९२ करोड ५० लाख ५४ हजार ९०१ रुपैयाँ १४ पैसा, जगेडा तथा अन्य कोषहरुमा ३४ करोड १९ लाख ९६ हजार ९६४ रुपैयाँ ७४ पैसा उल्लेख गरिएको छ ।

सोही कार्यक्रममा असल ऋणीतर्फ खुदुनाबारी सेवाकेन्द्रका शेयर सदस्य ललितकुमार राई, शनिश्चरे सेवाकेन्द्रका शेयर सदस्य टीकाराम रम्तेल र सितली सेवाकेन्द्रका शेयर सदस्य सावित्रा राई तथा उत्कृष्ट बचतकर्तातर्फ खुदुनाबारी सेवाकेन्द्रकी शेयर सदस्य सविना दाहाल ओझा, शनिश्चरे सेवाकेन्द्रकी शेयर सदस्य वेदमाया थापा र सितली सेवाकेन्द्रकी शेयर सदस्य सुनिता शाह सम्मानित भए ।

सञ्चालक समितिका सचिव इन्द्रबहादुर कार्कीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका आन्तरिक लेखा परीक्षण सहायक ध्रुवकुमार दवाडीले गरेका थिए ।

सम्बन्धित खबर