२०८३ कार्तिक १ शनिवार , ०२:२०:३३ बजे

Sajhamanch
'

बारामा डुबेर २ बालिकाको मृत्यु

आइतवार, असोज १८, २०८३

बारा ।  जितिया पर्वका अवसरमा पोखरीमा नुहाउने क्रममा बाराको देवताल गाउँपालिकामा दुई बालिकाको डुबेर मृत्यु भएको छ।देवताल गाउँपालिका–६ जबकास्थित राजेन्द्र कुर्मीको माछा पोखरीमा शनिबार साँझ नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका थिए। बालिका डुबेको खबरपछी सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र आफन्तको सहयोगमा खोजी गर्ने क्रममा साँझ करिब ५ः५० बजे पोखरीको उत्तरतर्फको किनारबाट करिब २० फिट दक्षिण पानीमा दुवै बालिका मृत अवस्थामा फेला परेका सशस्त्र प्रहरी बलको अस्थायी प्रहरी पोस्ट बेनौलीका प्रहरी सहायक निरीक्षक धर्मेन्द्रकुमार कुर्मीको हवला दिदै जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

मृत्यु हुनेमा देवताल गाउँपालिका–६ रौवाहीका भोला पटेलकी करिब १४ वर्षीया छोरी निशा पटेल र सोही ठाँउका राजेश पटेलकी करिब १४ वर्षीया छोरी चान्दनी पटेल रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक विमल खटिवडाले जानकारी दिए।

आइतवार, असोज १८, २०८३ | समाज

सम्बन्धित खबर