२०८३ कार्तिक १ शनिवार , ०२:४६:३८ बजे

Sajhamanch
'

ऐतिहासिक दुर्गा शक्तिपीठ गरामनीमा महायज्ञ हुँदै

शुक्रवार, असोज १६, २०८३

बिर्तामोड । बडादशैको अवसरमा झापाको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थल गरामनीको दुर्गा शक्तिपीठमा श्री पद्म महापुराण ज्ञान महायज्ञ हुने भएको छ ।

बडादशैको अवसरमा अनादिकालदेखिको गरामनी शक्तिपीठमा १५ वर्षदेखि निरन्तर पुराण लाग्दै आएको छ । यो पर्ष असोज २५ गते घटस्थापनाको दिनदेखि ३१ गते सप्तमीसम्म महायज्ञ हुने भएको हो ।

गतवर्ष जेनजी आन्दोलनका कारण चण्डी पाठमात्र गरिएको थियो । असोज २५ गते घटस्थापनाका दिन शोभायात्रा र पुराण समुद्घाटन गरी सोही दिन पाठपारायण तथा कथा प्रारम्भ गरिने भएको छ ।

दुर्गा शक्तिपीठ मन्दिर संरक्षण समिति तथा पुराण मूल आयोजक समितिका सचिव नवराज भट्टराईका अनुसार उक्त महायज्ञको समुदघाटन जगदगुरु बालसन्त मोहनशरण देवाचार्यले गर्ने तय भएको छ । पुराणमा आचार्य पण्डित मुकुन्द नेपाल प्रमुख वाचक र आचार्य पण्डित मोहन घिमिरे उपवाचक रहने छन् ।

पुराण सम्पन्न गर्न विभिन्न उपसमितिहरु निर्माण गरिएको छ । मन्दिर समितिका कार्यवाहक अध्यक्ष मनमाया शिवाकोटीको संयोजकत्वमा अतिथि सत्कार, चिरञ्जीवी कार्कीको संयोजकत्वमा आर्थिक, कौशिला सिटौलाको संयोजकत्वमा कीर्तन मण्डली तथा धार्मिक संघ संस्था परिचालन, मोहन घिमिरेको संयोजकत्वमा गुरु, मण्डप तथा पूजापाठ, राजवंशी समाज विकास समितिको संयोजकत्वमा स्वयंसेवक र रोहित ओलीको संयोजकत्वमा प्रचारप्रसार, साउण्ड तथा टेन्ट उपसमिति गठन गरिएको छ ।

आजीवन सदस्य वृद्धि र अक्षयकोष निर्माण गर्ने उद्देश्य राखेर पुराण आयोजना गरिएको दुर्गा शक्तिपीठ मन्दिर संरक्षण समितिका सचिव भट्टराईले जानकारी दिएका छन् ।

सम्बन्धित खबर