
काठमाडौं । नेकपा एमालेका नेता, झापा किसान आन्दोलनका अगुवा, पूर्व सांसद घनेन्द्र बस्नेतकाे निधन भएकाे छ । क्यान्सरसँग संघर्षरत बस्नेतको बुधबार निधन भएको हो ।
उनी एमालेका तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । बस्नेत २०४८ को आमनिर्वाचनमा संखुवासभा–२ र २०५६ मा भोजपुर–१ बाट निर्वाचित भएका थिए ।
बस्नेतको निधनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन् ।
‘झापा आन्दोलनका योद्धा कमरेड घनेन्द्र बस्नेत हामीबीच नरहनु भएको दु:खद खबर सुनेँ,’ उनले लेखेका छन्, ‘नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान अविष्मरणीय छ ।’
ओलीले अगाडि लेखेका छन्, ‘लामो जेल जीवन र यातनाका अनेकौं शृङ्खला पार गरेर आजको समाजले उपभोग गरिरहेको लोकतान्त्रिक अधिकार प्राप्त भएको हो । म ती कष्टपूर्ण दिनहरू सम्झिरहेको छु ।’
अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
अध्यक्ष ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतको निधनको दुःखद खबरले आफूलाई स्तब्ध बनाएको बताएका हुन्।
अध्यक्ष ओलीले नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा बस्नेतले पुर्याएको योगदान अविस्मरणीय रहेको उल्लेख गरेका छन् ।
अध्यक्ष ओलीले लामो जेल जीवन र यातनाका अनेकौँ शृङ्खला पार गर्दै बस्नेतलगायतका योद्धाहरूले लोकतान्त्रिक अधिकार प्राप्तिका लागि संघर्ष गरेको स्मरण गरेका छन्। उनले ती कष्टपूर्ण दिनहरू आफूले सम्झिरहेको समेत बताएका छन् ।
अध्यक्ष ओलीले बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा सहयोद्धाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
बस्नेतको संघर्ष र योगदान नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सधैँ सम्मानपूर्वक स्मरण भइरहने ओलीले उल्लेख गरेका छन् ।
झापा आन्दोलनका योद्धा उनी २०३३ सालको ऐतिहासिक नख्खू जेल ब्रेकका सहभागी थिए ।
स्वर्गीय बस्नेतमा उच्च सम्मानसहित साझामञ्च परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।


