२०८३ कार्तिक १ शनिवार , ०२:४२:१३ बजे

Sajhamanch
'

झापा २ बाट को को बने कांग्रेस महाधिवेशन प्रतिनिधि

सोमवार, असोज १२, २०८३

बिर्तामोड । नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनको प्रतिनिधिका लागि झापा क्षेत्र नं २ मा हिजो भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।

उक्त निर्वाचनमा महिला क्लस्टरबाट उमा शिवाकोटी, प्रभा नेपाल, सितादेवी पौडेल र मेनुका ओली (मिनु) निर्वाचित भएका छन् । महिला क्लस्टरबाट महाधिवेशन प्रतिनिधि बन्न ११ जनाले मनोनयन दर्ता गराएका थिए ।

त्यस्तै १० जनाको कोटा रहेको खुला क्लस्टरबाट खगेन्द्र मैनाली, उद्धव थापा, आनन्द बस्नेत, जलकुमार गुरुङ, छत्रबहादुर गिरी, दिपक तामाङ, वीरमणि ढकाल, भोजराज सिटौला, मनोज प्रसाई र दिपेन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । खुला क्लस्टरमा १९ जना उम्मेदवार थिए ।

त्यस्तै एउटा कोटा रहेको श्रमिक क्लस्टरबाट राजु राजवंशी (सन्तोष) निर्वाचित भए भने दुई जनाको कोटा रहेको युवा खुला क्लस्टरबाट सञ्जय राई र मिलन चापागाई निर्वाचित भएका छन् ।

त्यस्तै एउटा कोटा रहेको अपांग क्लस्टरबाट उत्सव ढकाल र अल्पसंख्यक क्लस्टरबाट याम भुजेल महाधिवेशन प्रतिनिधि बनेका छन् ।

त्यस्तै एउटै पद भएको दलित क्लस्टरबाट मनमाया विश्वकर्मा, प्रजातन्त्र सेनानी शहीद परिवार द्वन्द्व पीडित क्लस्टरबाट शमशेर गिरी (केदार) विजयी भएका छन् ।

त्यस्तै आदिवासी जनजाति महिलामा निर्मला गुरुङ र समावेशी आदिवासी जनजातिमा किरण श्रेष्ठ र धर्म लक्सम्बा निर्वाचित भएका छन् ।

समावेशी खसआर्य महिलामा अधिवक्ता रंजिता कार्की र अञ्जु पाण्डे खड्का निर्वाचित भएका छन् भने समावेशी खस आर्य पुरुषमा अनोज खड्का, युवराज प्रसाई र ठाकुर उप्रेती (सन्तोष) विजयी भएर महाधिवेशन प्रतिनिधि बनेका छन् ।

त्यस्तै एउटा पद भएको मधेसी क्लस्टरबाट इन्द्रजीत चौधरी निर्वाचित भए भने युवा महिलामा रुवि सिटौला, समावेशी दलितमा विरबहादुर दर्नाल (विरु) र थारु मुस्लिममा लवकुमार चौधरी निर्विरोध बनेका थिए ।

सम्बन्धित खबर