२०८३ कार्तिक १ शनिवार , ०३:२१:५० बजे

Sajhamanch
'

चन्द्रगढी वनको साधारण सभामा खेलाडी सम्मानित

आइतवार, असोज ११, २०८३

भद्रपुर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको २७औं वार्षिक साधारणसभा आज आइतबार सम्पन्न गरिएको छ ।

अध्यक्ष अनुज खतिवडाको अध्यक्षतामा आयोजित समूहको साधारण सभाको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले गरेका थिए ।

संस्थाको वार्षिक गतिविधि तथा कार्ययोजनासहितको प्रतिवेदन प्रस्तुत गर्दै समूहका अध्यक्ष खतिवडाले आगामी वर्षका लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

कार्यक्रममा सचिव कमला थापाले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष मञ्जु खतिवडा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पोखरेलले उद्घाटन गर्दै वन समितिले उपभोक्ताको हितमा गर्ने काममा नगरपालिकाको पूर्ण सहयोग रहने जानकारी दिँदै वन क्षेत्रमै पर्ने चन्द्रगढलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि सकेसम्म प्रयास गरिरहेको बताए ।

उनले आफ्नै पहलमा यस आर्थिक वर्षमा चन्द्रगढको वृत्तिविकास तथा उन्नतिको लागि संघीय सरकारबाट २ करोड रुपैयाँ अनुदान रकम ल्याएकोसमेत जानकारी दिए ।

कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, युनाइटेड क्लबका राजेश निरौला, सामुदायिक वन उपभोक्ता महासंघ झापा अध्यक्ष वेदप्रकाश भण्डारी, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका उपाध्यक्ष घनश्याम अधिकारी लगायतले शुभकामना मन्तव्य राख्दै वन समूहभित्र देखिएको असमझदारी अन्त्य गरी उपभोक्तालाई दिइने सुविधा सहज बनाउन परिषद सदस्यहरू जिम्मेवार निर्णयमा जान आग्रह गरेका थिए ।

कार्यक्रममा समूहमा आबद्ध भएर निरन्तर वन संरक्षणमा सहयोग गर्ने कपिलमणि दाहाल, फुटबल खेलाडी कर्ण लिम्बू र वक्सिङ खेलाडी नारिका राईलाई दोसल्लासहित प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमको संंचालन सचिव कमला थापा र स्वागत उपाध्यक्ष श्रीमननारायण पौडेलले गरेका थिए भने परिषद भेला मार्फत साधारण सभा सम्पन्न गरिएको थियो ।

सम्बन्धित खबर