
काठमाडौं । अविरल वर्षापछि आएको बाढीका कारण नारायणी नदीले खतराको तह पार गरेको छ ।बाढी पूर्वानुमान महाशाखाको आइतबार (असोज ११) बिहान ५-४० को अपडेटअनुसार नारायणी नदीले खतराको तह पार गरेको हो ।
नारायणी नदीको देवघाटमा बाढी बढिरहेको र खतरा तह पार गरेकोले डुबान भइरहने ठाउँका बासिन्दाले आज साँझसम्मै उच्च सतर्कता अपनाइराखौँ, महाशाखाले भनेको छ ।


