२०८३ कार्तिक १ शनिवार , ०२:५६:२० बजे

Sajhamanch
'

झापामा विपद पूर्वतयारी, सिडओसहित सुरक्षा निकाय पुगे जोखिम क्षेत्र

बिहिवार, असोज ८, २०८३

झापा । आज बिहीबार मध्यरातिदेखि सुरुभई ११ गतेसम्म हुनसक्ने भीषण वर्षाको कारण झापाको दुई गाउँपालिकामा जोखिम हुनसक्ने सुरक्षा संयन्त्रले अनुमान गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका वडा नं १ र २ अन्तर्गतका बस्तीहरू र झापा गाउँपालिका वडा नं १ र २ अन्तर्गतका बस्तीहरू बढी जोखिममा पर्ने आँकलन भएको हो ।

आज अपरान्ह प्रमुख जिल्ला अधिकारीसहित चारवटै सुरक्षा अंगका अधिकारीहरुले झापा गाउँपालिकाको वडा नं १ र २ का बस्तीहरूको जोखिमको अवलोकन पनि गरेको जनाइएको छ।

झापा गाउँपालिकाका कार्यबाहक अध्यक्ष र सम्बन्धित वडाका वडाध्यक्षसहित भएको अनुगमनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै युनिटहरूलाई कार्ययोजनासहित काम गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

नेपाली सेनाको टोलीलाई पनि तयारी अवस्थामा राखिएको जनाइएको छ।

सम्बन्धित खबर