२०८३ कार्तिक १ शनिवार , ०३:१८:३० बजे

Sajhamanch
'

जुफाल एयरपोर्टमा सीता एयरको जहाजको एउटा पांग्रा खुस्कियो, सबै सकुशल

बिहिवार, असोज ८, २०८३

काठमाडौं । डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको छ ।

१३ जना यात्रुसहित नेपालगञ्जबाट गएको सो जहाज अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पांग्रा खुस्किएको हो ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले पांग्रामा सामान्य समस्या भएर ल्याण्ड गर्दा खतरा भएको तर सबै यात्रु र चालक दल सकुशल रहेको जानकारी दिइन् ।

अहिले सो जहाज धावनमार्गमै रहेको छ । प्राविधिकहरुले जाँच गरिरहेको उनले जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी अनिलराज गिरीले आज बिहान ८ः२५ बजे जहाज ल्याण्ड गर्ने क्रममा पछाडितिरको एउटा पांग्रा खुस्किएर बाहिर निस्किएको पुष्टि गरे ।

उनका अनुसार सो जहाजमा ७ जना विदेशी र ६ नेपाली गरी १३ जना यात्रु थिए । तीमध्ये पुरुष ११ जना र महिला दुई जना थिए । उनीहरु सबै सकुशल रहेको डिएसपी गिरीले जानकारी दिए ।