२०८३ कार्तिक १ शनिवार , ०२:५२:२७ बजे

Sajhamanch
'

बिर्तामोडमा अनसनरत जेन-जी घाइते दनुवारलाई उपचारार्थ काठमाडौं पठाइयो

मङ्गलवार, असोज ६, २०८३

झापा । झापामा आमरण अनसन बसिरहेका जेन-जी बिद्रोहका घाइते विवेक दनुवारलाई काठमाडौं पठाइएको छ । उपचारका लागि काठमाडौं पठाइएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार आजै अपरान्ह जहाज मार्फत विवेकलाई काठमाडौं पठाइएको हो ।

भदौ ३० गतेबाट विभिन्न माग राख्दै आमरण अनसन बसेका दनुवारको थप उपचारका लागि काठमाडौं पठाइएको प्रजिअ पोखरेलले जानकारी दिए । जेन-जी घाइते र प्रतिनिधिहरुसँग पटक-पटकको वार्तामा पूर्ण सहमति नभएपछि तत्काललाई उपचारको व्यवस्था गर्न काठमाडौं पठाइएको हो ।

अनसन बसेका दनुवारले घाइतेको निःशुल्क उपचार, शिक्षा र रोजगारीको ग्यारेन्टी हुनुपर्ने लगायतका माग राखेका थिए । उनलाई अन्य घाइतेहरुले सहयोग गरेका छन् ।

सम्बन्धित खबर