२०८३ कार्तिक १ शनिवार , ०२:३२:११ बजे

Sajhamanch
'

नेकपा बैठक पेरिसडाँडामा, महाधिवेशनको परिमार्जित कार्यतालिका बनाइँदै

मङ्गलवार, असोज ६, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय संयोजन समितिको बैठक पेरिसडाँडामा भइरहेको छ । आज दिउँसो १ बजेदेखि बैठक सुरु भएको हो ।

बैठकले भदौमा हुन नसकेको महाधिवेशनको कार्यतालिका संशोधन गरी मंसिर गर्ने गरी नेकपाको एकता महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा छलफल गर्ने भएको छ ।

माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुँदा २०८३ भदौमा एकता महाधिवेशन गर्ने सहमति भएको थियो । तर अब दुई महिना मात्र बाँकी छँदा नेकपाले महाधिवेशनको कार्यतालिका ल्याउन सकेको छैन ।

यसका साथै नेकपाका भ्रातृसंगठनको एकता पनि भएको छैन । विभिन्न पार्टीसँग एकता गरिए पनि तिनीहरूसँग ठोस एकता हुन सकेको छैन ।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाले मंगलबारको बैठकले महाधिवशनको परिमार्जित कार्यतालिका सार्वजनिक गर्ने सम्भावना रहेको बताए ।