
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी १५ अर्ब रुपैयाँभन्दा बढी मौज्दात रहेको जनाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल ११ अर्ब २७ करोड दुई लाख ६० हजार ६८५ रुपैयाँ तथा हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ४८ लाख चार हजार ७०२ अमेरिकी डलर मौज्दात छ ।
सबै खातामा गरी १५ अर्ब ६ करोड ५६ लाख २८ हजार १६७ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उधृत गर्दै राससले समाचार लेखेको छ ।
सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको जनाइएको छ ।


