२०८३ कार्तिक १ शनिवार , ०३:२०:१५ बजे

Sajhamanch
'

झापामा भदौभर २५ विपद्का घटना, उन्नाइस लाख बढीको क्षति

मङ्गलवार, असोज ६, २०८३

झापा । झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा १९ लाख ४५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार विपद्का घटनामा मानवीय क्षति नभए पनि एक जना घाइते भएका छन् । घटनाबाट प्रभावित ६९ जनालाई प्रहरीले सकुशल उद्धार गरेको राससमा समाचार छ ।

उक्त महिनामा बाढी र पहिरोका घटना नभए पनि जङ्गली जनावरको आक्रमण प्रमुख विपद्का रूपमा देखिएको छ । कूल २५ घटनामध्ये १७ वटा जङ्गली जनावरको आक्रमणका रहेका छन् ।

जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् भने ५५ जनाको उद्धार गरिएको छ । यसबाट ६ लाख ३५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीको तथ्याङ्क रहेको छ ।

यस्तै, जिल्लाका विभिन्न स्थानमा सात वटा आगलागीका घटना हुँदा १२ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको छ । चट्याङबाट एक लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रहरी नायब उपरीक्षक अवाले विपद्का समयमा तत्काल उद्धार तथा राहतका लागि प्रहरी टोलीलाई चौबीसै घण्टा उच्च सतर्क अवस्थामा राखिएको बताए ।

सम्बन्धित खबर