२०८३ कार्तिक १ शनिवार , ०२:०४:२६ बजे

Sajhamanch
'

कलवलगुरी कृषि सहकारीको साधारण सभामा विविध सम्मान

आइतवार, असोज ४, २०८३

भद्रपुर । कलवलगुरी कृषि सहकारी संस्था भद्रपुर १० को तेश्रो वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ आज सम्पन्न गरिएको छ ।

स्थापनाको २०औ तथा विभिन्न कृषि सहकारी संस्थाहरूसँगको एकीकरण पछिको तेश्रो वार्षिक साधारण सभा प्रतिवेदनहरु माथि छलफल तथा उत्कृष्ट सम्मान गर्दै सम्पन्न गरिएको हो ।

सहकारीका अध्यक्ष नारायणप्रसाद चौंलागाईको अध्यक्षता तथा जेष्ठ सदस्य मणिराम न्यौपानेको प्रमुख आतिथ्यमा भएको साधारण सभामा उत्कृष्ट कृषक प्रोत्साहन सम्मान जर्नादन न्यौपाने, उत्कृष्ट बचत सम्मान छामी हास्दा तथा ऋण कारोबार सम्मान टेकराज न्यौपानेलाई प्रदान गरियो ।

संस्थाले उत्कृष्ट सन्तती सम्मानबाट समृद्ध गुरागाई र लिजा आचार्यलाई नगद १ हजार ५०५ रुपैयाँसहित पुरस्कृत गर्यो ।

अध्यक्ष चौंलागाईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको कार्यक्रममा कोषाध्यक्ष मीनबहादुर कार्कीले वार्षिक आय व्यय प्रस्तुत गर्दै ३ लाख ८४ हजार ८८ रूपैयाँ खुद नाफासहितको आयव्यय समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष भुमादेवी घिमिरेले स्वागत तथा सचिव निर्माण नेपालले सञ्चालन गरेको सभामा सहकारीका पूर्व अध्यक्ष भीम दाहाल तथा सहकारी शाखा भद्रपुरका प्रमुख नेत्र पोखरेलले आ–आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित खबर