
बिर्तामोड । अखिल नेपाल महिला संघ (अनेम संघ) बिर्तामोड नगर कमिटीको तेस्रो नगर सम्मेलन सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न भएको छ।
सम्मेलनले नैनकला ढकालको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा बिनिता तामाङ, सचिवमा चन्द्रकला रिजाल, सहसचिवमा शर्मिला राजवंशी र कोषाध्यक्षमा पुष्पा प्रसाईं सिटौला निर्वाचित भएका छन्।
अनेम संघ बिर्तामोड नगर अध्यक्ष यशोदा प्रसाईंको अध्यक्षता तथा संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो।

सम्मलेनमा अनेम संघका पूर्वअध्यक्षहरू पवित्रा महतारा प्रसाईं, पवित्रा पाठक र खगमाया धिताललाई सम्मान गरिएको थियो।


