२०८३ कार्तिक १ शनिवार , ०२:४८:३८ बजे

Sajhamanch
'

साउदीको रियादमा हुथीको मिसाइल आक्रमण

आइतवार, असोज ४, २०८३

साउदी अरबले यमनका हुथी विद्रोहीहरूले राजधानी रियादलाई ब्यालिस्टिक मिसाइलबाट निशाना बनाउने प्रयास गरेको पुष्टि गरेको छ ।शनिबार अबेर राति साउदी नेतृत्वको गठबन्धनले मिसाइललाई आक्रमणकै क्रममा नष्ट ९इन्टरसेप्ट० गरिएको जनाएको हो । हुथीले रियादलाई निशाना बनाएर गरिएको यो पहिलो आक्रमणको प्रयास भएको बताइएको छ ।

साउदी नेतृत्वको गठबन्धनले हुथीहरूले लाल सागरको बन्दरगाह सहर यान्बुका साथै ताइफ, बायस र फरासानमा नागरिक पूर्वाधारलाई निशाना बनाउने प्रयास गरेको पनि जनाएको छ । गठबन्धनका अनुसार, ती सबै आक्रमणका प्रयास विफल पारिएका थिए । यद्यपि, वक्तव्यमा यी घटनाबारे थप विवरण दिइएको छैन ।

यसअघि हुथीहरूले रियादका केही ‘संवेदनशील स्थल’ तथा यान्बुस्थित साउदी तेल कम्पनी ‘अरामको’लाई निशाना बनाएको दाबी गरेका थिए ।ती आक्रमणबाट ‘भीषण आगलागी’ भएको दाबी गरे पनि त्यसको पुष्टि हुने कुनै प्रमाण प्रस्तुत गरेका छैनन् ।