२०८३ कार्तिक १ शनिवार , ०१:५७:४२ बजे

Sajhamanch
'

आगोमा, जलेर एक जनाको मृत्यु

आइतवार, असोज ४, २०८३

जनकपुरधाम । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोक स्थित घरमा जलेर ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो ।राति अचानक घरमा आगलागी हुँदा भाग्न नसकेका उनको जलेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिका-२ निवासी सहनी अवकास प्राप्त शिक्षक हुन् । उनकी नातिनीले भने भागेर ज्यान जोगाएकी छन् ।विद्युत् सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आशंका छ।घटनास्थलमा अहिले अनुसन्धानको काम भइरहेको छ ।

आइतवार, असोज ४, २०८३ | समाज

सम्बन्धित खबर