
काठमाडौं । नेकपा एमालेको निर्वाचन समिक्षा कार्यदलको बैठक आज विहान ९ बजे बस्ने भएको छ।
पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका केन्द्रीय कार्यलय च्यासलमा कार्यदलको बैठक बस्ने छ। शनिबार नै बस्ने भनिएको कार्यदलको बैठक प्रस्तावित प्रतिवेदनको अध्ययनका लागि सदस्यहरुले समय मागेपछि बैठक आजका लागि सारिएको हो।
यस्तै आजै दिउसो १ बजे केन्द्रीय कार्यलयमा पार्टी केन्द्रीय सचिवलायको बैठक बस्ने आचार्यले जानकारी दिए।
उनका अनुसार भोलि ५ गते विहान ११ बजेबाट पार्टी केन्द्रीय समितिको बैठक बस्ने भएको छ। बैठक भनीमण्डल स्थिल रामवाग पार्टी प्यालेसमा तीन दिनसम्म चल्ने एमालेले जनाएको छ।


