
काठमाडौं। नेपाली कांग्रेसमा १५ औं महाधिवेशन अन्तर्गत ३१ जिल्लामा आज आइतबार वडा अधिवेशन हुँदैछ। निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले शनिबार ४३ जिल्लाका ३३९६ वडामा अधिवेशनपश्चचात निर्वाचन सम्पन्न भइसकेको जानकारी दिए।
उनका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेक बाँकी ३१ जिल्ला आइतबार वडा अधिवेशन हुँदैछ। कांग्रेसले यही असोज १६ देखि १९ गतेसम्म हुने १५ औं केन्द्रीय महाधिवेशन अन्तर्गत शनिबारदेखि वडा अधिवेशन गरिरहेको छ।


