२०८३ कार्तिक १ शनिवार , ०२:२५:३८ बजे

Sajhamanch
'

केबिएस झापाकाे साधारणसभामा वंशावली विमाेचन, अक्षयकोष दाता सम्मान

आइतवार, असोज ४, २०८३

झापा । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज (केबीएस) झापाको २५औं वार्षिक साधारण सभा तथा रजत महोत्सव  बिर्तामोड ९ नडियावारीस्थित बुढाथोकी सामुदायिक भवनमा शनिबार सम्पन्न भएकाे छ ।

कार्यक्रममा रजत जयन्ती स्मारिका तथा वंशावली विमोचन गरिएको थियाे । त्यस अवसरमा खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजको भवन निर्माणका लागि जग्गा प्रदान गर्ने मकरबहादुर बुढाथोकी र कटकबहादुर बुढाथोकीको शालिक अनावरण गरियो ।

उनीहरुले खप्तडी बुढाथोकी समाजलाई ५ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए । सामुदायिक भवनकाे प्राङ्गणमा उनीहरुकाे अर्धकदकाे शालिक निर्माण गरी रजत महाेत्सवकाे सन्दर्भमा अनावरण गरिएकाे समाजका अगुवा काजीबहादुर बुढाथोकीले बताए ।

यसैगरी केबिएसकाे अक्षयकाेष वृद्धिमा याेगदान गर्ने आधा दर्जन दाताहरूलाई उक्त अवसरमा सम्मान पत्र प्रदान गरियाे । साेही कार्यक्रममा स्वर्गीय केशवकुमार बुढाथोकीकी धर्मपत्नी गीता बुढाथोकीले ५ लाख ५५ हजार ५५५ रुपैयाँकाे चेक हस्तान्तरण गरेकी छन् ।

यस्तै अक्षयकोषमा ५० हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने अक्षयकोष दाताहरु अर्जुनधारा ६ का कमल बुढाथोकी, दमकका बिष्णु बुढाथोकी, केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष हरिबहादुर बुढाथोकी लगायतलाई सम्मानपत्र प्रदान गरिएकाे हाे ।

साधारणसभामा विमाेचित खप्तडी बुढाथोकीहरुको वंशावली आंशिक रुपमा तयार गरिएको जानकारी गरियाे । वंशावली १८५ पृष्ठको रहेको छ ।

खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज झापाका अध्यक्ष योगेन्द्रबहादुर बुढाथोकीको अध्यक्षता तथा केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष हरिबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामूहिक रुपमा वंशावली विमोचन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष हरिबहादुर बुढाथोकी, प्रथम उपाध्यक्ष डम्बरबहादुर बुढाथोकी, महासचिव राजु बुढाथोकी, खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज झापाका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य अमृतबहादुर बुढाथोकी, कोशी प्रदेश अध्यक्ष रामकुमार बुढाथोकी, पाँचथर अध्यक्ष डिल्लीराम बुढाथोकी, तेह्रथुमका अध्यक्ष शेरबहादुर बुढाथोकी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा जिल्ला अध्यक्ष योगेन्द्रबहादुर बुढाथोकीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष इन्द्रबाबु बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज झापाका वरिष्ठ उपाध्यक्ष गणेशबहादुर बुढाथोकीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव कुमार बुढाथोकीले गरेका थिए । कार्यक्रममा कोशी प्रदेशका १४ जिल्लाभरिका खप्तडी बुढाथोकीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर