२०८३ कार्तिक १ शनिवार , ०२:५५:२९ बजे

Sajhamanch
'

‘कबड्डी ५:आफ्टर द फाइनल म्याच’ ६ कात्तिकमा रिलिज हुने

शनिवार, असोज ३, २०८३

काठमाडौं । यसवर्षको प्रतीक्षित फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म दशैं बिजयादशमीको ठीक दुई दिनपछि देशब्यापी प्रदर्शनमा आउने भएको छ ।

निर्माण कम्पनी बाँसुरी फिल्म्सले शुक्रबार पोस्टर सार्वजनिक गर्दै फिल्मलाई ६ कात्तिक (२३ अक्टोबर)मा रिलिज गर्ने घोषणा गरेको हो । पोस्टरमा शीर्ष तीन कलाकार दयाहाङ राई, विजय बराल र बुद्धि तामाङलाई देख्न सकिन्छ ।यो श्रृंखलाका अघिल्ला चारैवटा फिल्म बक्सअफिसमा सुपरहिट भएका थिए । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५’को शीर्षक राखिएको छ-‘कबड्डी ५ :आफ्टर द फाइनल म्याच ।’ फिल्मलाई सेभेन सिज इन्टरनेसनलले विश्वब्यापी वितरण गर्दैछ ।

यो फिल्ममा विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङदेल, माओत्से गुरुङ, कमलमणी नेपाल, विष्णु मोक्तान लगायतको अभिनय छ ।निर्मातामा रामबाबुसहित मणिराम पोखरेल, मधु मिजार, विशाल गुरुङ रहेका छन् । कार्यकारी निर्मातामा सागर राज छन् ।