२०८३ कार्तिक १ शनिवार , ०२:५९:२६ बजे

Sajhamanch
'

माथिल्लो त्रिशूली–१ को टनेलबाट मा आज १३ वटा शव फेला

शुक्रवार, असोज २, २०८३

काठमाडौं । माथिल्लो त्रिशूली–१ को टनेलबाट आज १३ वटा शव बाहिर निकालिएको छ । भदौ १० गते बिहानको भोटेकोसी हिमबाढीमा परेर ५५७ जना सम्पर्कविहीन भएका थिए ।

नेपाली सेनाले उपलब्ध गराएको विवरण अनुसार, आज अपरान्ह ७ वटा शव निकालिएको हो भने बिहान ६ वटा शव फेला परेका थिए ।

नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेका थिए । थप खोजी कार्यका क्रममा थप ७ वटा शव फेला परेको नेपाली सेनाले जनाएको छ ।

गत भदौ १० मा भोटेकोशीमा आएको बाढीका कारण २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ बाट ५५७ जना सम्पर्कविहीन भएका थिए । १ हजार ४ सय ३३ जना श्रमिक तथा कर्मचारी कार्यरत रहेको उक्त आयोजनाबाट बाँकीको उद्धार गरिएको थियो ।

अझै झण्डै ५ सय जना सम्पर्कविहीन छन् । उक्त आयोजनाबाट हराइरहेकाहरूको खोजीका लागि सर्च डग (खोजी कुकुर) समेत परिचालन गरिएको छ । नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत मिनि एक्साभेटर आयोजना स्थलमा पुर्‍याइएको थियो ।

आयोजनास्थलमा नेपाली सेनाका ३२ जना, नेपाल प्रहरीका ४ जना र आयोजनाको प्रबन्धक कम्पनीका ५ जना गरी ४१ जनाको टोलीले अडिट–३ सुरुङको क्याम्पमा नै बसेर खोजी तथा उद्धार कार्य जारी राखेको छ ।