२०८३ कार्तिक १ शनिवार , ०२:५५:५६ बजे

Sajhamanch
'

तीनवटा संसदीय समितिको बैठक बस्दै

शुक्रवार, असोज २, २०८३

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त)को बैठक बस्दै छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययनरभ्रमणलगायत समसामयिक विषयमा छलफल हुनेछ ।

बैठक बिहान ११ः३० बजे बस्नेछ ।उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक,२०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ ।

बैठक बिहान १० बजे बस्नेछ ।राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति ९संयुक्त०को बैठक बस्दै छ ।बैठकमा भदौ १० गते भोटेकोसी नदीमा आएको बाढी र जलवायु परिवर्तनको असरलगायत विषयमा विज्ञसँग छलफल हुनेछ । बैठक बिहान १०ः३० बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

अर्थ समितिको बैठक भने स्थगित भएको छ ।