२०८३ कार्तिक १ शनिवार , ०२:२५:१३ बजे

Sajhamanch
'

रुस–युक्रेन युद्ध रोक्न पुटिनसँग मोदी र सीको प्रस्ताव

मङ्गलवार, भदौ ३०, २०८३

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी युद्ध अन्त्य गर्न सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन् ।

रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले मोदी र सी रुस–युक्रेन युद्ध रोक्न सहयोग गर्न तयार रहेको पुटिनसँग प्रस्ताव गरेको सोमबार जनाएको छ । पुटिनले यस प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको क्रेमलिनले बताएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनका क्रममा यो छलफल भएको जानकारी दिए ।

उनले यदि, कुनै देशले आफ्नो प्रभावको प्रयोग गरी युक्रेनलाई अझ बढी लचिलोपन देखाउन प्रोत्साहित गर्छ भने रुसले त्यसको स्वागत गर्ने बताए ।

रुसले शान्ति वार्ता पुनः सुरु गर्न आफू तयार रहेको तर त्यसका लागि पूर्वी युक्रेनको डोनेत्स्क क्षेत्रको बाँकी भागमा आफ्नो पूर्ण नियन्त्रण हुनुपर्ने सर्त राखेको छ । युक्रेनले भने यस्ता सर्तहरूलाई अस्वीकार गर्दै आएको छ ।

यसै महिनाको सुरुमा पुटिनले पनि शान्ति सम्झौता हुने सम्भावना व्यक्त गरेका थिए । तर, युद्धको समाधान रुस र युक्रेन स्वयंले नै गर्नुपर्ने बताएका थिए । टाइम्स अफ इन्डियाबाट

सम्बन्धित खबर