
झापा । रसुवाको भोटेकोसीमा बाढी आउँदा जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि आज जीवितै उद्धार गरिएको छ।
१० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनको जीवितै आज उद्धार भएको हो।
कविर महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर भएको आयोजना प्रमुख आवास ओझाले जानकारी दिए ।
शुक्रबार बिहान पहिलो उद्धार पाएका सञ्जय साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी हुन् ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना मर्मत कार्य भइरहेको थियो । साह पनि त्यसैका लागि गएको हुनसक्ने बताइएको छ।
सुरुङबाट जीवित्तै उद्धार गरिएका कविर महर्जनलाई काठमाडौंस्थित छाउनी अस्पताल पठाइँदै छ ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार उनलाई उपचारका लागि नेपाल आर्मीको छाउनी अस्पताल ल्याउन लागिएको हो ।
उनलाई हेलिकप्टरमार्फत छाउनी ल्याइँदै गरिएको बस्नेतले बताए ।
रसुवा बाढीको १० दिनपछि नेपाली सेना, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले महर्जन र सञ्जय साहको जीवित्तै उद्धार गरेको थियो ।
त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवित्तै उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ ।
उद्धार गरिपछि नेपाली सेनाले उनको स्वास्थ्य जाँच गराउँदा सामान्य रहेको देखिएको हो । यसबारे नेपाली सेनाले जानकारी दिँदै अवस्था सामान्य रहेको बताएको छ ।


