२०८३ कार्तिक १ शनिवार , ०२:३५:३३ बजे

Sajhamanch
'

न्याय माग्दा झापा प्रहरीले ज्यादती गर्यो : नारायण अर्याल

बिहिवार, भदौ १८, २०८३

बिर्तामोड । हिजो बुधबार अपरान्ह बिर्तामोडमा भएको सवारी दुर्घटनामा मृत्यु भएका इन्द्रमणि अर्यालका भाई नारायण अर्यालले पिडीत परिवारले न्याय माग्दा प्रहरीले अत्याधिक ज्यादती गरेको जनाएका छन् ।

पीडित परिवारले दुर्घटनामा संलग्न बस र मोटरसाईकल विरुद्द इलाका प्रहरी कार्यालय अनारमनीमा किटानी जाहेरी दिएको छ । तर प्रहरीले उक्त घटनाको यथार्थ बुझ्न सघाउ पुग्ने सिसिटिभी फुटेज नदिएको, अस्पतालमा सामान्य भनाभन भएको आफ्नो भाइलाई प्रहरीले शरीरभरि चोटपटक लाग्ने गरी कुटेको जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीले बस व्यवसायीको पक्षपोषण गरेर मृतकको परिवार माथि अत्याचार गरेको भन्दै उनले गम्भीर चिन्ता ब्यक्त पनि गरेका छन् ।

बिर्तामोड आँखा अस्पताल अगाडि बुधबार दिउँसो तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा अर्जुनधारा–६ का ३३ वर्षीय अर्याल गम्भीर घाइते भएका थिए। उपचारका क्रममा दिउँसो ४ः१८ बजे उनको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार अर्यालले चलाएको पल्सर मोटरसाइकलले बसलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएपछि विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकलसँग समेत ठोक्किएको थियो।

दुर्घटनामा अर्को मोटरसाइकलका चालक २० वर्षीय अनिश राजवंशी र बस चालक गंगा श्रेष्ठ इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर