२०८३ भदौ २१ आइतवार , ०९:२२:५६ बजे

Sajhamanch
'

आज शिवसताक्षी वडा नं. ६ मा विदा

बुधवार, भदौ १७, २०८३

झापा । झापाको शिवसताक्षी नगरपालिका–६ ले आज बुधबार शोक बिदा दिएको छ।

वडा कार्यालय स्थापना गर्न आफ्नो अमूल्य दुई कठ्ठा जग्गा दान गरी महत्वपूर्ण योगदान गर्नुभएका ज्येष्ठ नागरिक तथा जग्गादाता दुर्गाप्रसाद गुरागाईँको निधनमा वडाले आज १७ गते शोक बिदा दिएको हो।

जग्गादाता गुरागाईँको २०८३ साल भदौ १६ गते मंगलबार हिजाे निजी निवास शिवगञ्जमा निधन भएको थियो। उहाँको निधनप्रति दुःख व्यक्त गर्दै वडा कार्यालयले बुधबार अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द रहने सूचना प्रकाशित गरेको छ।

गुरागाईँको निधनले वडा कार्यालय परिवार तथा स्थानीय समुदायलाई अपूरणीय क्षति पुगेको वडाध्यक्ष मनाेज खुलाल कार्कीले बताउनुभयो।

वडाध्यक्ष कार्कीका अनुसार, वडा कार्यालय स्थापना गर्न जग्गा उपलब्ध गराएर गुरागाईँले पुर्‍याउनुभएको योगदान अतुलनीय रहेको छ।

उहाँको योगदानको उच्च सम्मान गर्दै वडाले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

सम्बन्धित खबर