२०८३ भदौ २१ आइतवार , ०९:२०:२० बजे

Sajhamanch
'

रसुवा बाढी प्रभावितका लागि अनेम संघ झापाबाट ५१ हजार सहयाेग

सोमवार, भदौ १५, २०८३

झापा । रसुवा हुँदै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयाेगार्थ अखिल नेपाल महिला संघ झापाले रकम प्रदान गरेको छ ।

सोमबार झापाको विर्तामोडमा आयोजित सामाजिक सुरक्षा, संगठन र सदस्यता कार्यक्रममा अखिल नेपाल जिल्ला कमिटी झापाले बाढी पीडित परिवारका लागि ५१ हजार राहत स्वरुप सहयोग प्रदान गरेको जनाएको हाे ।

अनेमसंघले केन्द्रीय कार्यालयमार्फत सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अनेमसंघ जिल्ला कमिटी झापाका सचिव कोपिला चम्लागाईँले बताउनु भयो ।

कार्यक्रममा महिलाको सामाजिक, आर्थिक तथा राजनीतिक अधिकारको संरक्षण र प्रवद्र्धनसँगै संगठनलाई थप प्रभावकारी तथा व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सामाजिक सुरक्षा, संगठन निर्माण तथा सदस्यता विस्तारका विषयमा सहभागीहरूलाई जानकारी तथा प्रशिक्षण प्रदान गरिएको थियो।

त्यस्तै सामाजिक सुरक्षाअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायका लागि राज्यले प्रदान गर्दै आएका सामाजिक सुरक्षा कार्यक्रम, त्यसको प्रभावकारी कार्यान्वयन तथा लक्षित वर्गसम्म सेवा पुर्याउन महिलाको भूमिका लगायतका विषयमा छलफल गरिएको थियो।

त्यस्तै संगठन निर्माण र सुदृढीकरणतर्फ टोल, वडा, पालिका तथा जिल्ला तहसम्म संगठन विस्तार, महिला सहभागिता वृद्धि, नेतृत्व विकास, संगठनमा सक्रिय सदस्यको भूमिका तथा पार्टी र जनसंगठनबीचको समन्वयका विषयमा प्रशिक्षण दिइएको हो ।

अनेमसंघ झापाले आगामी दिनमा पनि महिला अधिकार, सामाजिक सुरक्षा, नेतृत्व विकास तथा संगठन विस्तारका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि अनेमसंघ केन्द्रीय कमिटी उपाध्यक्ष मेनुका काफ्ले, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष प्रेम गिरी, उपाध्यक्ष शिव ढुंगेललगायतले मन्तव्य राख्नु भएको थियो ।

अनेमसंघ जिल्ला कमिटी झापाका अध्यक्ष लिला दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कोपिला चम्लागाईले गर्नु भएको थियो ।

कार्यक्रममा अनेमसंघका जिल्ला तथा स्थानीय तहका पदाधिकारी, सदस्य, महिला अगुवा तथा विभिन्न तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सम्बन्धित खबर