२०८३ भदौ २१ आइतवार , ०७:५०:०५ बजे

Sajhamanch
'

मलेसियामा आजदेखि एसिया कप छनोट, नेपालको खेल भोलि

आइतवार, भदौ १४, २०८३

काठमाडौं । मलेसियामा आजदेखि ‘एसीसी मेन्स प्रिमियर कप २०२६’ क्रिकेट प्रतियोगिता सुरु भएको छ।

आगामी सेप्टेम्बर १२ सम्म सञ्चालन हुने यस ५० ओभर (ODI) ढाँचाको प्रतियोगितामा एसियाका १० एसोसिएट राष्ट्रहरूले प्रतिस्पर्धा गर्दैछन्।

यस प्रतियोगिताको विजेता टोलीले सन् २०२७ मा हुने ‘मेन्स एसिया कप’मा आफ्नो स्थान पक्का गर्नेछ। सन् २०२४ को संस्करण टी–२० ढाँचामा खेलिएकोमा यसपटक भने टोलीहरू ५० ओभरको ढाँचामा मैदान उत्रिँदै छन्।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एुमा ओमान, युएई, कुवेत, कतार र सिंगापुर छन्। समूह ुबीु मा नेपाल, मलेसिया, हङकङ, बहराइन र साउदी अरेबिया रहेका छन्।

प्रतियोगिताका खेलहरू मलेसियाका दुई प्रमुख मैदान बायुएमास क्रिकेट ओभल (क्वालालम्पुर) र वाइएसडी युकेएम ओभल (बाङ्गी)मा हुनेछ।

आज उद्घाटन दिन दुई खेल हुनेछन्। बायुएमास ओभलमा ओमान र सिंगापुर भिड्दै छन् भने वाइएसडी युकेएम ओभलमा हङकङ र साउदी अरेबिया आमनेसामने हुनेछन्।

नेपालले आफ्नो पहिलो खेल भोलि बहराइनसँग खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि नेपालले सेप्टेम्बर ३ मा मलेसियासँग खेल्नेछ। साउदी अरेबियासँग सेप्टेम्बर ६ र हङकङसग सेप्टेम्बर ८ मा हुनेछ।

ग्रुप स्टेजका खेलहरू सेप्टेम्बर ८ सम्म चल्नेछन्। दुवै समूहका शीर्ष दुई टोलीहरू सेप्टेम्बर १० मा हुने सेमिफाइनलमा प्रवेश गर्नेछन् भने फाइनल खेल सेप्टेम्बर १२ मा आयोजना हुनेछ।

नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली मैदानमा उतारेको छ। नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख ९विकेटकिपर०, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेलररोहित पौडेल, गुल्शन झा, करण केसी, ललित राजवंशी, बशीर अहमद, हेमन्त धामी, सुन्दीप जोरा, देव खनाल, अर्जुन कुमाल, शेर मल्ल र ईशान पाण्डे रहेका छन्।प्रतियोगिताका सबै खेलहरू नेपाली समय अनुसार बिहान ७:१५ बजेदेखि सुरु हुनेछन्।