
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले बिहीबार दिउँसो १ बजेका लागि संसद बैठक राखेर बुधबारको बैठक सके पनि अन्ततः प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको सूचना आएको हो ।
आजको बाढी पहिरोबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएको कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरिएको सूचना प्रकाशित गरिएको छ ।


