२०८३ भदौ २१ आइतवार , ०९:०९:०५ बजे

Sajhamanch
'

सशस्त्र प्रहरीद्वारा ४ लाख ५० हजार रुपैयाँ बराबरको सामान बरामद

मङ्गलवार, भदौ ९, २०८३

कमल । सशस्त्र प्रहरी बल नेपालले आज अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गण हेडक्वाटर झापाबाट खटिएको टोलीले पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका ३ बाट १० लाख रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको हो ।

नम्बर ३८ रिजर्भ गण हेडक्वाटरबाट सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार बस्नेतको कमाण्डमा खटिएको गस्ती टोलीले पूर्वबाट पश्चिम जाँदै गरेको मे. १ ह.४४६६ नम्बरको अटोलाई शंका लागेर चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याउँदै गरेको अन्दाजी ४ लाख ५० हजार बराबरको लत्ताकपडा बरामद गरेको हो ।

प्रहरीले उक्त अवैध सामन ढुवानीमा प्रयोग गरिएको ५ लाख ५० हजार बराबरको अटो पनि बरामद गरेको छ । लत्ताकपडा र अटो गरी १० लाख मूल्य बराबरको सामान बरामद गरेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

बरामद गरिएको लत्ताकपडा र अटो कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।