२०८३ भदौ २१ आइतवार , ०९:००:५२ बजे

Sajhamanch
'

सशस्त्र प्रहरीद्वारा ४ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

आइतवार, भदौ ७, २०८३

झापा । सशस्त्र प्रहरी बलले आज सवारी चेकजाँच तथा गस्तीका क्रममा करिब ४ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३८ रिजर्व गणबाट सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार बस्नेतको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा पूर्व पश्चिम राजमार्गमा छड्के चेकजाँच गर्दा उक्त मूल्य बराबरको अवैध सामान बरामद गरेको हो ।

वरामद गरिएका सामानहरुमा लत्ताकपडा रहेकोले उक्त सामान मेची भन्सार कार्यालयमा बुझाएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

पछिल्लो समय सीमा क्षेत्रबाट चाडपर्वलाई लक्षित गरेर अवैध सामान ओसारपसार, चोरी तस्करी तथा गैरकानुनी गतिविधि हुने गरेकाले त्यसलाई न्यूनीकरण गर्नका लागि निगरानी र गस्तीलाई तीब्रता दिँदै आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर